मेक्सिकोमा भूकम्पबाट मृत्यु हुने २७२ जना

तस्विरः एपी

मेक्सिको सिटी, ६ असोज (रासस-एएफपी) – मेक्सिकोमा मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी पुरिएकालाई जीवितै उद्धारगर्ने समय समाप्त भएको बताइएको छ ।

तीन दिन अघि गएको यस भूकमपमा परी मेक्सिकोमा २७२ व्यक्तिको मृत्यु भइसकेको बताइको छ । यो सङ्ख्या अझै बृद्धि हुने बताइएको छ ।

यस भूकम्पका कारण मेक्सिको सहरमा मात्र अझै २०० भन्दा बढी व्यक्ति हराईरहेका बताइएको छ ।

राजधानी र अरु कैयौँ सहरमा भूकम्पको कारण भत्किएका भवनको भग्नावशेषहरु हटाउन उद्वारकर्ताहरु लागिपरेका छन् ।

सो भूकम्प ७.१ म्याग्निच्युडको थियो । उक्त शक्तिशाली भूकम्पबाट भत्किएका भवन र भग्नावशेषमा परी पुरिएकाको जीवितै उद्वारको कार्य कुकुरको सहायताबाट जारी राखिएको बताइएको छ ।

राजधानीको मध्य भागको छिमेकमा पर्ने रोमा इलाकामा भत्किएको एक साततले भवनमा २३ व्यक्ति पुरिएको अनुमान गरिएको छ ।

पहाडी इलाकामा भत्किएका भवन भग्नावशेषबाट २८ व्यक्तिलाई बाहिर निकालिएको बताइएको छ ।

यसअघि दुई हप्तामात्र अघि पनि मेक्सिकोमा योभन्दा झनै शक्तिशाली भूकम्प गएको थियो । मेक्सिकोमै यही सेप्टेम्बर ७ मा ८.१ म्याग्निच्युडको भूकम्पमा परी ९० जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री