बेलायतबाट गएर द्वन्द्व पीडितलाई सहयोग

लन्डन । धादिङ नुवाकोट समाज यूकेले सर्लाहीका द्वन्द्व पीडित वालवालिकालाई आर्थिक सहयोग गर्दै उनीहरुसंग सामूहिक दशैं तिहार मनाएको छ ।

मंगलबार हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंको आतिथ्यमा सर्लाही हरिवन नगरपालिका घुर्कौलीस्थित द्वन्द्वपीडित वालगृहमा दशैं तिहार मनाइएको हो ।

कार्यक्रममा धादिङ नुवाकोट समाज यूकेका तर्फबाट प्रवासी नेपाली मञ्च यूकेका पूर्व अध्यक्ष रामशरण सिम्खडा एवं नेप्लिज सेफ एसोसिएसन यूके अध्यक्ष कृष्ण तिमल्सेनाले चाडबाड मनाउन तथा भरणपोषणका लागि संयुक्त रुपमा दुई लाख तीस हजार रुपैयां हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रममा स्थानीय नेता तथा सञ्चारकर्मीको उल्लेखनीय उपस्थिति थियो । कार्यक्रम सिम्खडाको अगुवाइमा भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री