मिसेस नेपाल यूके टिमको देउसी भैलो

लन्डन । मिसेस नेपाल यूके २०१७ टिमले शनिबार लन्डनका विभिन्न स्थानमा देउसी भैलो कार्यक्रम गरेको छ । नेपालीको दोश्रो महान पर्व तिहारको अन्तिम दिन भाइटिकाको सांझ मिसेस नेपाल यूके २०१७ विजेताहरुले परम्परागत शैलीमा देउसी भैलो खेलेका हुन् ।

मातृभूमिबाट टाढा भएपनि आफ्नो मौलिक परम्परा र कला संस्कृतिको जगेर्ना एवं मनोरन्जनका लागि पहिलो पटक कार्यक्रम गरिएको मिसेस नेपाल यूके आस्था जोशी बाटाजुले बताइन् ।

देउसी भैलोमा मिसेस नेपाल यूके आस्था जोशी बाटाजु, सेकेन्ड रनरअप अमृता गिरी, मिसेस क्याटवाक गिता बस्नेत पाण्डे, मिसेस फोटो जेनिक प्रिमा भट्टराई, मिसेस पब्लिक च्वाइस शर्मिला पछाइ क्षेत्री, मिसेस वेष्ट सेफ मन्जु शाह आदि सहभागी भए । उनीहरुले नाचगान र देउसी भैलोमार्फत दर्शकहरुलाई मनोरन्जन दिएका थिए ।

उक्त समूहले गोर्खा स्पाइस रेष्टुरेन्ट ग्रीनफोर्ड, माया पब साउथ हयारो र हेज, साउथहलका नेपालीको घर घरमा गएर देउसी भैलो खेलेको थियो । देउसी भैलोबाट संकलित रकम कुनै च्यारिटीमा खर्चने समूहको योजना छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री