ए स्टारले लन्डनमा निशुल्क सामुदायिक सचेतना कार्यक्रम गर्ने

लन्डन । ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेले सामुदायिक सचेतना कार्यक्रम गर्ने भएको छ । आगामी २५ नोभेम्बरका दिन हेज एण्ड हार्लिङटन कम्युनिटी सेन्टर, अलबर्ट रोडमा मोर्गेज, कर, कानुन, वील्स, स्टेट प्लानिङ आदि विषयमा विषयगत बिज्ञहरुद्धारा निशुल्क सचेतना तथा परामर्श कार्यक्रम गर्न लागिएको हो ।

ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेले एसएनपी प्लस र 
हिलिङडन गोर्खा नेपलिज तथा युथ कम्युनिटीको सहकार्यमा कार्यक्रम गर्न लागिएको जनाएको छ ।

कार्यक्रममा ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेका इन्डिपेन्डेन्ट फाइनान्सियल एडभाइजर मिन दर्लामीले ब्याजदर वृद्धिपछि वर्तमान बजार अवस्थाबारे अवगत गराउने छन् भने करका विविध आयाम सम्वन्धमा सिए समिरनाथ प्याकुरेलले मन्तव्य दिने कार्यक्रम छ । त्यसैगरि, सोलिसिटरको भूमिका र कन्भिएन्सिङ प्रक्रियाबारे एक्सम स्टोन सोलिसिटर्सका हितेश शाहले प्रष्टयाउनेछन् । वील्स, स्टेट प्लानिङ र प्रोटेक्सन निड्स विषयमा दर्लामीले नै प्रकाश पार्ने आयोजकले बताएका छन् । बैंक अफ 
इंग्ल्याण्डले दश वर्षमा पहिलो पटक ब्याजदर वृद्धि गरेपछि ‘भेरिएबल रेट’ मा मोर्गेज तिर्नेहरु प्रभावित हुने आंकलन गरिएको छ ।

सहभागीले सार्वजनिक र व्यक्तिगत रुपमा विभिन्न जिज्ञासा राख्न सक्नेछन् ।

उक्त कम्पनीले विगत वर्षहरुमा गरेको निशुल्क परामर्श सेमिनार प्रभावकारी र लाभदायक ठानिएको थियो ।

नेपाली समुदायलाई भाषिक समस्याकै कारण कतिपय अवस्थामा मोर्गेज रिमोर्गेज र जीवनमा अत्यावश्यक इन्सुरेन्स, वील्स आदिमा अप्ठेरो परिस्थिति सामना गर्नुपरेको जनाउंदै मोर्गेज तथा फाइनान्स बिज्ञ दर्लामीले त्यसको निराकरणका लागि कार्यक्रम 
राखिएको जनाए । उनले इच्छुक सबैलाई कार्यक्रममा सहभागी भएर लाभान्वित हुन समेत आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री