गोर्खा मेमोरियल फण्डद्वारा काकरभिट्टा उमाविलाई ३१ वटा कम्युटर प्रदान

विद्यालयमा आयोजित समारोहमा फण्डका अध्यक्ष तथा भूतपूर्व काउन्सिलर धन गुरुङ

लन्डन । बेलायतको फोकस्टोनस्थित गोर्खा मेमोरियल फण्डले झापा जिल्लाको काकरभिट्टा उच्च माध्यमिक विद्यालयलाई ३१ वटा कम्प्युटर उपलब्ध गराउनुकासाथै एउटा कम्प्युटर कक्ष पनि बनाइदिएको छ । फण्डले विद्यालयकालागि एउटा उर्जा केन्द्र र सिसिटिभी सुरक्षा प्रणाली पनि जडान गरीदिन लागेको फण्डका अध्यक्ष तथा भूतपूर्व काउन्सिलर धन गुरुङले बताए ।

सो परियोजनाकालागि २० हजार पाउण्ड (झण्डै २७ लाख रुपिया) सहयोग संकलन गरिएको थियो । सो विद्यालय र फोक्सटोनस्थित मार्टेलो स्कूलका विद्यार्थीहरुबीच भिडियो कन्फरेन्समार्फत छलफल पनि भएको थियो ।

एकहजार विद्यार्थीसहित झण्डै दुई हजार सहभागी एक विशेष कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तुलसीप्रसाद निरौलाले गोर्खा मेमोरियल फण्डका अध्यक्ष गुरुङलाई भव्य स्वागत गर्दै फण्डको सहयोगप्रति आभार व्यक्त गरेका थिए । गुरुङले ग्रामीण भेगमा अवस्थित विद्यालयमा कम्प्युटरसहित सूचना प्रविधिको पहुंच आफैंमा महत्वाकांक्षी प्रोजेक्ट भएको बताउंदै विद्यार्थी यसबाट लाभान्वित हुने अपेक्षा व्यक्त गरे । यसअघि विद्यार्थीलाई कम्प्युटर-इन्टरनेट प्रयोगका लागि झण्डै एकसय माइल टाढा पुग्नुपर्ने वाध्यता थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री