खैरेनी सेरोफेरो समाजमा कृष्ण गुरुङ

लन्डन । तनहुंको खैरेनीटार र वरिपरिका क्षेत्रबाट युकेमा बसोबास गर्नेहरुको संस्था खैरेनी सेरोफेरो समाजमा लेफ्टिनेण्ट कृष्ण गुरुङ अध्यक्ष चयन भएका छन् ।

हालै फार्नब्रोको ग्रेञ्ज स्कुलमा भएको समाजको भेलाले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा गंगा गुरुङ, सचिवमा कृष्ण राना, सहसचिवमा मोहनराज राना, कोषाध्यक्षमा गोवद्र्धन राना र सहकोषाध्यक्षमा मानबहादुर थापा निर्वाचित भएका छन् ।

यस्तै, महिला संयोजनतर्फ चन्द्र गुरुङ, सरिता गुरुङ, आशा थापा र निर्मला थापालाई जिम्मा दिइएको छ भने युवा संयोजनको जिम्मा प्रविन गुरुङले पाएका छन् । चन्द्रबहादुर गुरुङ सांस्कृतिक संयोजकमा नियुक्त भएका छन् ।

नयाँ कार्यसमिति चयनका लागि मोहन गुरुङ (प्लमस्टिड), होम थापा र मोहन गुरुङ (फ्लिट) सम्मिलित निर्वाचन समिति गठन गरिएको थियो । नवनिर्वाचित कार्यसमितिलाई मोहन गुरुङ (प्लमस्टिड) ले खादा र प्रमाणपत्र वितरण गरेका थिए ।

समाजका अध्यक्ष रत्न गुरुङको अध्यक्षता र सचिव राजेन्द्र रानाको सञ्चालनमा भएको सो कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गुरुङले प्रतिवद्धता मन्तब्य व्यक्त गरे भने तत्कालिन कोषाध्यक्ष निर्मला थापाले आर्थिक प्रतिवेदन पेश गरे । त्यस्तै, नेपालबाट आएका खैरेनीटार उच्चमाध्यमिक विद्यालयका पूर्व शिक्षक ओमबहादुर राना र श्रीमती पार्वती रानालाई अध्यक्ष रत्न गुरुङले खादा लगाई स्वागत गरे ।

उक्त अवसरमा शिक्षक रानाले बेलायत भ्रमणको अनुभव सुनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री