संखुवासभा समाज युकेमा बसुन्धरा राई

लन्डन । संखुवासभा समाज युकेको अध्यक्षमा श्रीमती बसुन्धरा याख्खा राई निर्वाचित भएकी छिन् ।
समाजको शनिबार आसफोर्डमा सम्पन्न छैटौं अधिवेसनले राईलाई आगामी दुई वर्षका लागि अध्यक्षमा निर्वाचित गरेको हो । यसैगरी, अधिवेसनले समाजका निवर्तमान अध्यक्ष गणेश रानालाई संखुवासभा समाज अन्तर्राष्ट्रिय समन्वय समितिको संयोजकमा निर्वाचित गरेको छ ।

समाजका वरिष्ठ उपाध्यक्षमा नैनसिंह गुरुङ, उपाध्यक्षहरुमा टीका लोहोरुङ राई, सेमन्त राई, महिला उपाध्यक्षमा हेमा राना गुरुङ, महासचिवमा टेकबहादुर कुलुङ, उपमहासचिवमा भीम आले, सचिवमा मणि राई, सांस्कृतिक सचिव तथा युवा संयोजकमा कमल गुरुङ, सहसचिव सीता राई, कोषाध्यक्ष चित्र गोम्देन, सहकोषाध्यक्ष तुलविक्रम वनेम, गजेन्द्र लिम्बु र सुमन लिम्बु चयन भएका छन् ।
महिला संयोजकमा सुशीला राई, महिला उपसंयोजकमा रुपा लिम्बु र गीता थापामगर, सांस्कृतिक संयोजक बीना जिमी, सांस्कृतिक सहसंयोजकमा रास्ता गुरुङ, अतिथि सत्कार संयोजकमा सावित्री राई, अतिथि सत्कार उपसंयोजकमा सन्तमाया गुरुङ, सम्पत्ति संयोजकमा सुन्दर लिंथेप, फोटोग्राफी संयोजकमा जय गुरुङ, फोटोग्राफी उपसंयोजकमा कुमार बलम्पाकी मगर, मिडिया संयोजक इन्द्र गुरुङ, पूर्वसैनिकको लगत संकलनमा अमर राई, खाद्य तथा पेय संयोजक बलाराम राई निर्वाचित भएका छन् ।

यसअघि उद्घाटन कार्यक्रम निवर्तमान अध्यक्ष गणेश रानाको अध्यक्षता र महासचिव सेमन्त राईको सञ्चालनमा भएको थियो । स्वागत मन्तब्य तत्कालिन वरिष्ठ उपाध्यक्ष बसुन्धरा राईले गरेकी थिइन् । कार्यक्रममा सांगठानिक, आर्थिक र अन्तर्राष्ट्रिय समितिको प्रतिवेदन पेश हुनुका साथै दुई वर्षे कार्यकालको समीक्षा गरिएको थियो । सो प्रतिवेदनहरु पारित भएपछि अध्यक्षमण्डलका संयोजक नरबहादुर बलम्पाकीले रानालाई संखुवासभा अन्तर्राष्ट्रिय समन्वय समितिको संयोजकमा घोषणा गरेका थिए ।

त्यसपछि निर्वाचन समितिले नयां नेतृत्व चयनका लागि कार्यारम्भ गरेको थियो । प्रमुख निर्वाचन आयुक्त विजय लिंथेपले सर्वसम्मतरुपमा नवनिर्वाचित कार्यसमितिको घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री