आँधीबाट भियतनाममा १०६ को मृत्यु

हनोई, २४ कात्तिक (रासस-सिन्ह्वा) – भियतनाममा करिब एक हप्ता अघि आएको ‘डाम्रे’ नामक आँधीका कारण कम्तीमा पनि १०६ जनाको मृत्यु भएको समाचार छ ।

मध्य भियतनाम र यहाँका मध्य पहाडी क्षेत्रमा भीषण आँधी आएको भियतनामको प्राकृतिक बिपद् नियन्त्रण तथा उद्धारसम्बन्धी केन्द्रीय परिचालन समितिले शुक्रबार जानकारी दिएको छ ।

सो आँधीको कारण अझै पनि २५ व्यक्ति बेपत्ता रहेका दैवी प्रकोप व्यवस्थापन अधिकारीहरुले जनाएका छन् । शुक्रबार बिहानसम्म जारी सो आँधीबाट त्यहाँको भौतिक सम्पत्तिको पनि ठूलो क्षति पुगेको जनाइएको छ ।

डाम्रेबाट करिब दुई हजार घरमा पूर्ण रुपमा क्षति पुगेको छ । त्यसैगरी करिब एक लाख २० हजार हेक्टर क्षेत्रफलमा रहेको बालीनाली पनि नष्ट भएको छ ।

आँधीसँगै आएको बाढी र पहिरोले बिन्ह दिन्ह, फु येन, खान्ह होआ र क्वाङ नाममा गाडी गुड्ने बाटो र रेल यातायातमा क्षति पुरयाएको पनि अधिकारीहरुले जनाएका छन् ।

डाम्रे प्रभावित व्यक्तिहरुको लागि सङ्टकालीन मानवीय सहायता उपलब्ध गराउने चीन सरकारले शुक्रबार घोषणा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री