आइतबार, मंसिर ३ २०७४ | Sun, November 19, 2017
नेपालको समय: १०:३४ | UK Time: 04:49

मुन्द्रेले केन्टवासी दर्शक हंसाए

विनेपाली
२०७४ कार्तिक २५ गते १२:२७

लन्डन । नेपालका चर्चित हांस्यकलाकार जितु नेपाल 
(मुन्द्रे) ले शुक्रबार सांझ केन्टवासी नेपाली दर्शकलाई आफ्नो कलामार्फत खुबै हंसाए । इलिट इन्टरटेनमेन्ट यूकेले हकिन्ज कम्युनिटी सेन्टर, फोकस्टन केन्टमा गरेको ‘नेपाली सांझ ३’ को पहिलो शोमा मुन्द्रेले नेपालको समसामयिक राजनीतिक बेथितीमाथि कडा प्रहार गरे । उनले आसन्न निर्वाचन जोडेर नेताहरुमाथि तीखो व्यंग्य गरे अनि नेताहरुको क्यारिकेचर गरेर दर्शकलाई हंसाए । ‘स्टयाण्ड अप’ कमेडीमा बेग्लै पहिचान बनाएका जितु अहिले टेलिसिरियल ‘जीरे खुर्सानी’ मा समेत व्यस्त छन् । उनी अभिनित ‘छक्का पन्जा २’ फिल्मले पनि नेपालमा राम्रो व्यापार गरिरहेको छ ।

उक्त कार्यक्रममा जितुसंगै नेपाल आइडलका टप ६ सुरज थापा, टप १० केन्जल मेहर श्रेष्ठ र गायिका तृष्णा गुरुङले गायनमार्फत दर्शकलाई मनोरन्जन दिलाए । केन्जल नेपाल आइडलमा सहभागी हुनु अघि नै एक ब्याण्ड सदस्य थिइन् भने लोक पप गायिका तृष्णाको पछिल्लो समय क्रेज बढ्दैछ । सुरज थापाका बेग्लै फ्यान छन् ।

आयोजकमध्ये एक हेम गुरुङले अहिले धेरै कार्यक्रम जुधेर दर्शक उपस्थिति सोचे जस्तो नभएपनि माहोल तातेको बताए । उनले आज सांझ ग्रीनफोर्ड टाउन हल र भोलि अल्डरसटस्थित एम्पायर हलमा सांझ ६ बजे देखि हुने शोमा सहभागी भइदिन सबैमा अपिल गरेका छन् ।

हेम गुरुङ, निरा पिजी, इन्द्र घोताने, मनोज गुरुङ र लाटो मगरले संयुक्त रुपमा ति कलाकारहरुको ‘नेपाली सांझ- ३’ गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक