शुक्रबार, साउन ४ २०७५ | Fri, July 20, 2018
नेपालको समय: ०२:३४ | UK Time: 21:49

‘सिरियामा सैन्य समाधान सम्भव छैन’

विनेपाली
२०७४ कार्तिक २६ गते २:४२

फाइल तस्विर- एपी

मस्को, रसिया, २५ कात्तिक (रासस-एएफ्पी) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रसियाली समकक्षी भ्लादिमिर पुटिनबीच सिरियामा जारी द्वन्द्वको अन्त्य गर्न सैन्य समाधान सम्भव नहुने कुरामा सहमत भएका रसियाली प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ ।

सिरियामा जारी द्वन्द्व समाधानका लागि विश्वका दुई शक्तिशाली नेताबीच एसिया–प्रशान्त क्षेत्रका उच्च अधिकारीको सम्मेलनका अवसरमा भेट भएको र उहाँहरूबीच सिरिया लगायत विश्वका समसामयिक बिषयमा शनिबार छलफल भएको क्रेमलिनले जनाएको छ ।

क्रेमलिनको वेबसाइटमा उल्लेख गरिएको छ, ‘दुई नेताले सिरियामा जारी युद्धको सैन्य समाधान नभएको तर इश्लामिक आतङ्कवादी जिहादी समूह (आइएसआइएस) लाई परास्त गर्ने विषयमा दृढ सङ्कल्प व्यक्त गरेका छन् ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक