इरानको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३५०

तस्विर- एपी

तेहरान, २७ कात्तिक (रासस-सिन्ह्वा) – इराक र इरानको पश्चिमी केरमनसा प्रान्तमा आइतबार राति गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ५० पुगेको समाचार छ ।

उक्त क्षेत्र इराक इरानको सीमा क्षेत्रमा पर्दछ । मृत्यु हुनेमा अधिकांश इरानी छन् ।

उक्त भूकम्पमा परी इराकका पनि केहीको ज्यान गएको बताइएको छ । भूकम्प ७.३ म्याग्निच्युड मापन गरिएको अधिकारीहरुले जनाएका छन् ।

भूकम्पको केन्द्रबिन्दु कुर्द नजिकैको सहर हलब्जामा रहेको छ । उद्धारको काममा खटिरहेकाहरुले दिएको समाचारमा कम्तीमा पनि ५० जनाको शव भेटिएको छ ।

सो शक्तिशाली भूकम्पले इरानको पश्चिमी क्षेत्रमा थुप्रै नागरिक घाइते भएका छन् । अधिकारीहरुले सोमबार नै घाइते हुनेको सङ्ख्या ५ हजार भन्दा बढी नै रहेको जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री