सगुन विश्वभरका उद्यमीहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा छनोट

लन्डन । सोसियल कमर्स प्लेटफर्म ‘सगुन’ भारतमा हुन गइरहेको विश्वभरका उद्यमीहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिताका लागि छनोट भएको छ । यही नोभेम्बर २८ देखि ३० तारिखसम्म भारतको 
हाइडराबादस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुन लागेको ‘ग्लोबल इन्टरप्रिनरसीप समिट ०१७’ मा सगुनले उक्त महत्वपूर्ण अवसर पाएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुनमा उक्त समिट आयोजनाको घोषणा गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति ट्रम्पकी सल्लाहकार इभान्का ट्रम्पले समुद्घाटन गर्ने उक्त सम्मेलनमा विश्वभरका १६ सय भन्दा बढि उद्यमी सहभागी हुने अपेक्षा छ । सहभागी उद्यमी तथा लगानीकर्ताहरुबीच विभिन्न चरणमा वर्कसप, प्रवचन, प्रशिक्षण, नेटवर्किङ आदि हुने भएकाले एकापसमा अनुभव आदानप्रदान र सम्पर्क बढ्ने जनाइएको छ । ‘सबैको समृद्धिका लागि पहिला महिला’ नारासहित महिला उद्यमीहरुका सवालमा सम्मेलन केन्द्रित हुने विश्वास छ ।

सगुनकी सह-संस्थापक तथा प्रोडक्ट एण्ड अपरेसन्स प्रमुख स्वाती दयालले भारतमा पहिलो पटक हुन लागेको उक्त समिटमा सगुन सहभागी हुन पाउनु ठूलो अवसर र सम्मान भएको जनाउंदै आफूहरु खुबै उत्साहित भएको बताइन् । सगुनका संस्थापक गोविन्द गिरीले यसै महिनाको अन्तिमसम्म मात्र सगुनको दोश्रो चरणको लगानी अवसर खुलेका बेला उक्त विश्वव्यापी सम्मेलनमा सहभागिताले लगानी प्रवर्धन र उद्यमीहरुबीच चिनजान तथा सम्वन्ध विस्तार हुने आशा व्यक्त गरे । गिरीले स्टार्ट अप कम्पनी सगुनको लक्ष्य अनुरुप अगाडि बढ्न सम्मेलनले सघाउने विश्वास समेत व्यक्त गरेका छन् ।

सगुनले यही नोभेम्बर ३० सम्ममात्र लगानी गर्ने समयसीमा रहेको जनाउंदै इच्छुक गैर आवासीय नेपालीहरुलाई लगानी गर्न आव्हान गरेको छ । पछिल्लो समय सगुनमा लगानीको आकर्षण बढ्दै गएको छ । बेलायतस्थित नेपाली डायस्पोराले पनि सगुनमा लगानी गर्ने क्रम वृद्धि भएको यसका यूके सल्लाहकार सूर्य गुरुङले जनाए । बेलायतवासी युवाहरु सन्तोष घिमिरे र युवराज सेढाईं अन्तिम समय नजिकिंदै गर्दा सगुनमा लगानी जुटाउन क्रियाशिल छन् । लगानीका लागि प्रति शेयर न्यूनतम एक हजार डलर छ ।

http://www.sagoon.com/invest लिंकमा क्लिक गरि तुरुन्त लगानी गर्न सकिने सगुनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री