प्रधानमन्त्रीबाट राजिनामा दिएका हरिरि बुधबार स्वदेश फर्किने

फ्रान्सेली राष्ट्रपतिसंग पेरिसमा हरिरि (बाया)

बेरुत, लेबनान, २ मङ्सिर (रासस-सिन्ह्वा) – साउदी अरबबाट दुई हप्ता पहिले अकस्मात सुरक्षाको कारण देखाउँदै प्रधानमन्त्रीबाट राजिनामा दिएका नेता हरिरि आगामी बुधबार स्वदेश फर्किने लेवनानी राष्ट्रपति मिसेल आउनको कार्यालयले एक वक्तव्य जारी गरी शनिबार जानकारी गराएको छ ।

वक्तव्यमा भनिएको छ, ‘लेवनानी नेता हरिरिले टेलिफोनमार्फत् लेबनानी स्वतन्त्रता दिवसको समयमा लेवनान आइपुग्ने बताउनुभएको छ ।’

हरिरिले रियादबाट राजिनामा घोषणा गरेपनि उहाँको राजिनामा स्वीकृत गरिएको छैन । हरिरि साउदी अरबबाट शनिबारनै फ्रान्स जानुभएको र फ्रान्स पुगेपछि राष्ट्रपति आउनसँग फोनमा कुरा गर्नुभएको थियो ।

लेबनानी नेताले सभामुखलाई पनि फोन गरेको र लेवनानको स्वतन्त्रता दिवस मनाउन स्वदेश फर्किने बताएको सभामुख नवीह बेरीले बताउनुभयो ।

यसअघि हरिरिले शुक्रबार ट्वीट गर्दै आफूलाई साउदी अरबमा नजरबन्दमा राखिएको ‘हल्ला’ को खण्डन गर्नुभएको थियो ।

उहाँले आफ्नो रियाद बसाई लेवनानको भविष्य र यसको अरब राष्ट्रहरूसँगको सम्बन्धबारे छलफल तथा परामर्शका लागि भएको पनि बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री