तमुधिं यूकेको वार्षिक साधारण सभा

लन्डन । तमुधिं यूकेको वार्षिक साधारणसभा गत आइतबार मिचेटस्थित आफ्नै भवनमा सम्पन्न भएको छ । तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ्ग र संस्थापक अध्यक्ष मिन गुरुङ्गले दीप प्रज्वलन गरि साधारणसभा उद्घाटन गरेका थिए ।

वार्षिक साधारणसभामा हयामसायर सर्रे इकाइ अध्यक्ष उत्तरबहादुर गुरुङ्ग, लन्डन इकाइ अध्यक्ष दीपक (डेभिड) गुरुङ्ग र साउथ इष्ट रिजनल तमुधिं लन्डन अध्यक्ष श्रीचन्द्र गुरुङ्गले आ- आफ्नो इकाइको प्रगति विवरण प्रस्तुत गरे । त्यस्तै आमा समूहकी महासचिव यशोदा गुरुङ्गले आमा समूहका गतिविधिबारे जानकारी गराइन् ।

तमुधिं यूकेका आजीवन सदस्य र सल्लाहकारहरुको समेत उल्लेख्य उपस्थिति रहेको उक्त साधारणसभामा कोषाध्यक्ष दीपक गुरुङ्गले आयव्यय विवरण र महासचिव कृष्ण गुरुङ्गले कार्यसमितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरे । त्यस्तै तमु फोरम यूकेका निर्देशक क्या. (रि) राजु गुरुङ्गले ल्होछारको अग्रीम शुभकामना दिंदै तमुहरुको संस्कार र संस्कृतिबारे जानकारी दिए भने सल्लाहकार मे रि खुशीमान गुरुङ्गले ‘मोर्गेज फ्रि’ अभियानबारे बताए ।

कार्यक्रममा संस्थापक अध्यक्ष मिन गुरुङ्ग, पूर्व अध्यक्ष कमल गुरुङ्ग र निवर्तमान अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङ्गले शुभकामना मन्तव्य दिए । साउथ इष्ट रिजनल पूर्व अध्यक्ष क्याप्टेन नारायण गुरुङ्ग तथा आमा समूहकी कोषाध्यक्ष जसु गुरुङ्गले पनि विविध विषयमा बोलेका थिए ।

सभामा सल्लाहकार एकेन्द्र गुरुङ्गको संयोजकत्वमा गठित विधान मस्यौदा समितिले प्रस्तुत गरेको विधान संशोधनसहित पारित गरियो । समितिमा सल्लाहकार मधुकर गुरुङ्ग, सल्लाहकार हरिकुमार (काजी) गुरुङ्ग, आजीवन सदस्य मान गुरुङ्ग र पूर्ण गुरुङ्ग सदस्य थिए ।

कार्यक्रममा मिडिया सेक्रेटरी रोहित गुरुङ्गले तमुधिं यूकेले ल्होछारका अवसरमा प्रत्येक वर्ष प्रकाशन गर्दै आएको तमुधिं यूकेको मुखपत्र ‘फ्रेंसी’ प्रकाशनका लागि सम्पादनमण्डल तयार रहेको बताउंदै विभिन्न लेख, रचना र विज्ञापन उपलव्ध गराएर सहयोग गरिदिन सबैमा आग्रह गरेका थिए ।

सोही दिन मिडिया सेक्रेटरी रोहित गुरुङ्ग तथा सुष्मा गुरुङ्गको वैवाहिक जीवनको २५ औं वर्षगांठ परेकाले गुरुङ्ग दम्पतिलाई शुभकामना दिइएको थियो ।

उनले साधारणसभामा जलपान प्रायोजन गरेकामा तमुधिं यूकेले धन्यवाद दिएको छ ।

सभामा तमुधिं यूकेले यस वर्षको ल्होछार भव्य रुपमा सम्पन्न गर्न नेपालबाट तमु गायक नरजंग गुरुङ्ग र चर्चित गायिका मेलिना राईलाई निमन्त्रणा गर्ने निर्णय गरेको जानकारी दिइयो । त्यस्तै ल्होछार कार्यक्रम संयोजक उपाध्यक्ष नन्दजंग गुरुङ्गले ल्होछारको टिकट विक्री वितरणका लागि उपाध्यक्ष हितकाजी गुरुङ्गलाई हस्तान्तरण गरे ।

साधारणसभामा रसमोर ‘भोलेन्टियर अवार्ड २०१७’ बाट सम्मानित भएका तमुधिं यूकेका निवर्तमान अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङ्ग, हयामसायर सर्रे इकाइ अध्यक्ष उत्तरबहादुर गुरुङ्ग, सल्लाहकार क्या. राजेन्द्रमान गुरुङ्ग र सल्लाहकार हरिकुमार (काजी) गुरुङ्गलाई सम्मान गरिएको थियो ।

त्यस्तै हालै निर्वाचित लन्डन इकाइका अध्यक्ष चन्द्रबहादुर गुरुङ्ग लगायत नवनिर्वाचित कार्यसमितिलाई खादा लगाइ बधाइ दिइयो । तमुधिं यूकेका अध्यक्ष ज्ञाम गुरुङ्गको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा उपाध्यक्ष नन्दजंग गुरुङ्गले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने महासचिव कृष्ण गुरुङ्ग र सचिव तुलाराम गुरुङ्गले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री