एसियन खेलमा ४६२ इभेन्ट हुने

काठमाडौँ, १४ मंसिर – नेपाल ओलम्पिक कमिटीले सन् २०१८ मा नेपालमा हुने एसियन खेलका लागि समग्रमा ४६२ वटा इभेन्ट सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले विभिन्न ४० खेलका लागि ती इभेन्ट देशका विभिन्न स्थानमा सञ्चालन हुने जानकारी दिनुभयो ।

उहाँले आगामी अगष्ट १८ देखि सेप्टेम्बर २ सम्म हुने सो एसियन खेल राम्रोसँग सञ्चालन गर्नका लागि सरकारी तथा गैरसरकारी सस्थासँग सहकार्य र समन्वय भइरहेको प्रष्ट पार्नुभयो ।

मानिसलाई स्वस्थ्य जीवनयापनका लागि खेलको महत्व रहेको बताउँदै उहाँले खेलकुदको माध्यमबाट खेलाडीले मुलुकलाई विश्वमा चिनाउन सक्ने र सरकारले यस क्षेत्रमा व्यावसायिक रुपमा लाग्ने खेलाडीको संरक्षण गर्ने नीति ल्याउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

फुटबल, भलिबल, बास्केटबल, बक्सिंग, जिमन्यास्टिक, साइकिलिंग, ह्यान्डबल, हकीलगायत ४० खेल सञ्चालन हुने छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री