एनआरएनए यूकेले एक सय दिनको विशेष कार्यक्रम गर्ने

 

लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले आफ्नो कार्यकालको १०० दिन पुरा गरेको अवसरमा एक विशेष कार्यक्रम गर्ने भएको छ ।

यही १७ डिसेम्बर, आइतबार अल्डरसटस्थित आफ्नै कार्यालयमा दिनको एक बजे देखि हुने १०० औं दिनको विशेष कार्यक्रममा सहभागी हुन संघले समस्त गैर आवासीय नेपाली, सामाजिक अभियन्ता तथा सञ्चारकर्मीलाई निम्तो दिइएको छ ।

उक्त अवसरमा बेलायतका नागरिक समाज, पत्रकार तथा सामाजिक अभियन्ताहरुसंग हालसम्मका कार्यविवरण प्रस्तुतिका साथै पत्रकार मित्रहरुसंग प्रेस मिट गरिने बताइएको छ ।

यस उपलक्ष्यमा संघले आफ्नो १०० दिनको विशेषांक पनि प्रकाशन गर्ने निर्णय गरेको छ । सो प्रकाशनार्थ हालै बसेको बैठकले सञ्चार तथा प्रकाशन विभागका रमेश सराङकोटीलाई संयोजकका रुपमा चयन गरेको छ । सो प्रकाशनमा पूर्व अध्यक्षहरुको अनुभव तथा विचारका साथै विभिन्न सामाग्रीहरु पस्कने तयारी छ ।

डिसेम्बर पहिलो साताबाट गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको कार्यालय 9 A Victoria Road Aldershot, GU11 1BH मा राख्ने निर्णय भएको छ । आउदा दिनहरुमा सबै प्रकारका प्रशासनिक कार्य सोहि कार्यलयबाट सञ्चालन गरिनेछ ।

संस्थालाई अझ चुस्त दुरुस्त बनाउन र संगठन तथा सदस्य विस्तार गर्नका लागि संघको विभिन्न निर्णयहरु भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको संगठन विस्तार गर्न संगठन विस्तार विभाग तथा उपाध्यक्ष शेर सुनारको संयोजकत्वमा एक विशेष कार्यक्रम गरिने र सो को लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्यव समिति अध्यक्ष भवन भट्टलाई बेलायतमा निमन्त्रण गर्ने निर्णय भएको छ ।

त्यसै गरि विधानले तोके बमोजिमको राज्य समन्वय समितिहरु गठन गर्न क्षेत्रीय विभाग संयोजक तथा उपाध्यक्ष ललित न्यौपानेलाई बैठकले जिम्मा दिएको छ ।

संस्थालाई प्रभावकारी रुपमा अगाडि बढाउन विभिन्न विभाग गठन गरिएकोमा ब्यापार विभागका संयोजक सुरोज मास्केको संयोजकत्वमा जगन कार्की सदस्य सचिव तथा कार्य समितिमा मिलन गुरुङ, सुशील प्रजापति, रन्जिता मल्ल, हरिस ज्ञवाली, प्रसिद्ध प्रधान, विनोद बराल, रामबाबु श्रेष्ठ तथा सल्लाहकारहरु भोला खनाल, मोहन गुरुङ, सिर्जना श्रेष्ठ, यादव भण्डारी, दीपक श्रेष्ठ, राजु कंडेल, कर्ण शाही तथा धन गरुङ रहेका छन् ।

त्यसैगरी, गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको सञ्चार तथा प्रकाशन विभागमा ध्रुवराज अर्याल सदस्य सचिव सहित विजय थापा, नवीन पोखरेल, चिरन शर्मा, प्रमिला राई, बिमला सेने, दूतप्रसाद पुन, बाचस्पती रेग्मी, शिव भण्डारी तथा मिलन तमुलाई चयन गरिएको छ ।

गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले सबै क्षेत्रलाई समेट्दै अघि बढने नीति बमोजिम २ डिसेम्बर शनिबार लन्डन साउथ हयारोस्थित चौतारी रेष्टुरेन्टमा कार्यसमितिको दोश्रो बैठक सम्पन्न भएको थियो । आगामी कार्य समितिको बैठक १४ जनवरीका दिन लन्डन प्लमस्टिडमा बस्ने तय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री