पत्रकार च्यारिटीमा प्रतिवद्धता रकम नदिनेको नाम सार्वजनिक गर्ने तयारी


लन्डन । नेपाल पत्रकार महासंघ युके शाखाको बैठक २ डिसेम्बर २०१७, शनिबारका दिन गोरखा प्यालेस रेष्टुरेन्ट, फार्नब्रोमा शाखा अध्यक्ष नरेश खपांगीमगरको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा शाखाले स्थापना गरेको च्यारिटी सञ्चालक समितिका संयोजक सूर्य गुरुङ र च्यारिटीका अकाउण्टेण्ट लेखनाथ घिमिरेको विशेष उपस्थिति थियो । बैठकले विभिन्न एजेण्डामाथि छलफल गरी महत्वपूर्ण निर्णय गरेको छ ।

बैठकमा महासंघ बेलायत शाखाले स्थापना गर्न गइरहेको च्यारिटीको संरचनागत अवधारणा र यसका प्राविधिक पक्षबारे विस्तृत छलफल भयो । अकाउण्टेण्ट लेखनाथ घिमिरेले यसका प्राविधिक पक्षबारे जानकारी गराइ उठेका जिज्ञासाको जवाफ दिएका थिए । त्यसैगरी संयोजक गुरुङले च्यारिटी संचालनका लागि दिइएको जिम्मेवारीका लागि धन्यवाद दिए । सो छलफलपछि च्यारिटी सञ्चालक समितिमा महासचिव लीलामान शेरपुञ्जालाई थप गरिएको छ । च्यारिटी दर्ताका लागि सम्भावित नामहरु सिफारिस गरी अकाउण्टेण्टलाई दिने निर्णय भएको छ ।

च्यारिटीको बैँक खाता सञ्चालनका लागि संयोजक सूर्य गुरुङ र शाखा अध्यक्ष नरेश खपांगीमगरलाई अख्तियारी दिइएको छ । साथै, च्यारिटीको अन्तिम सहयोग विवरण यही डिसेम्बर १५ मा सार्वजनिक गर्ने निर्णय गरिएको छ । साथै सहयोग दिन बाँकी दाताहरुलाई अविलम्ब सहयोग भुक्तान गरिदिन अनुरोध गरिएको छ ।

बैठकले शाखाको सदस्यता वितरणसम्बन्धी नियमावली संशोधन गरेको छ । संशोधित दफाहरुसहितको नियमावली छिट्टै शाखाको वेवसाइटमा राखिने शाखाले जनाएको छ । बैठकमा अध्यक्ष खपांगीमगरले एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार वितरणका बारेमा जानकारी गराएका थिए ।

बैठकमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रामप्रसाद दाहालकी आमा भगवती दाहालको असामयिक निधन भएकोमा शोक प्रस्ताव पारित गरियो । शाखाका सल्लाहकार हरिकुमार गुरुङ काजी र महासचिव लीलामान शेरपुञ्जा रसमुर काउन्सिलबाट भोलुण्टियर अवार्डबाट सम्मानित भएकामा बधाई ज्ञापन गरिएको शाखा महासचिव लिलामान शेरपुन्जाले जारी गरेको परिपत्रमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री