साउथ इष्ट लन्डनमा मनाइयो योमरी पुन्ही


लन्डन । पासा पुच गुठी यूके साउथ इष्ट लन्डनले आइतबार एक कार्यक्रमबीच नेवारी समुदायमा प्रचलित पर्व ‘योमरी पुन्ही’ मनाएको छ । उलवीचस्थित लोटस क्लबमा कार्यक्रम भएको हो । एक सय २५ जना भन्दा बढि सहभागी उक्त कार्यक्रममा योमरी प्रतियोगिता र सांस्कृतिक कार्यक्रम आकर्षण रह्यो ।

सोनी श्रेष्ठ र शिलु रञ्जित नकमीले संयोजन गरेको कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, धिमे बाजा खल आदिले थप रौनकता प्रदान गरेको थियो ।

पासा पुच गुठी यूके साउथ इष्ट लन्डनका अध्यक्ष सुशील प्रजापतिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी पासा पुच गुठी यूकेका केन्द्रीय अध्यक्ष कुमार श्रेष्ठ, विशेष अतिथी नेपालबाट आएका नेवा संस्कृतिकर्मी तथा समाजसेवी विष्णुप्रसाद प्रजापति, अतिथीहरु एनआरएनए यूके उपाध्यक्ष ललित न्यौपाने, एनआरएनए यूके कोषाध्यक्ष सचिन श्रेष्ठ, एनआरएनए यूके सचिव सुरोज मास्के र सदस्य राजन खकुरेल, नेवा आमा समूहकी अध्यक्ष अञ्जु श्रेष्ठ, बुद्ध फाउण्डेसन यूके अध्यक्ष दिपक श्रेष्ठ, एनसीआई यूके अध्यक्ष मोहन गुरुङ, पासा पुच गुठी यूकेका पूर्व उपाध्यक्ष संयुक्त श्रेष्ठ तथा ट्रष्टी बोर्डका पूर्व सदस्य कृष्ण चख्खु, इनास यूके अध्यक्ष रजनी सुनुवार, रोयल ग्रीनवीच नेपलिज सोसाइटीका अध्यक्ष हरिगोविन्द गुरुङ लगायत उपस्थित थिए ।

कार्यक्रममा कलाकारहरु सिरज श्रेष्ठ, सावन श्रेष्ठ, आर्या श्रेष्ठ, मिलशान्ता चिपालु र उत्कृष्ट श्रेष्ठको टोलीले धिमे बाजा खल प्रस्तुति गरेको थियो भने सत्यप्रसाद प्रजापतिले नेवा गीत गाए ।

कार्यक्रममा योमरी बनाउने प्रतियोगिता रोचक बनेको थियो । उक्त प्रतियोगितामा प्लमस्टिडका रत्ना कायस्थ र अनु श्रेष्ठको समूह प्रथम, सञ्जिता मास्के र साफी श्रेष्ठको गोर्खाली समूह दोश्रो र निस्ला प्रजापति एवं सुनिता प्रधानको बासिल्डन समूह तृतीय भए । योमरी प्रतियोगिताको निर्णायकमा इन्द्रदेवी प्रजापति, गायत्री श्रेष्ठ र अञ्जु श्रेष्ठ थिए ।

उता, योमरी खाने प्रतियोगितामा हरिगोविन्द गुरुङ र जुनियरतर्फ उत्कृष्ट श्रेष्ठ पहिलो विजेता बने । विजेता तथा सांस्कृतिक प्रस्तुति गर्ने कलाकारहरुलाई पासा पुच गुठी यूके साउथ इष्ट लन्डन अध्यक्ष सुशील प्रजापति र पासा पुच गुठी यूकेका केन्द्रीय अध्यक्ष कुमार श्रेष्ठले शिल्ड तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

महासचिव नगेन्द्र श्रेष्ठका अनुसार, कार्यक्रममा योमरी पुन्ही पर्व र यसको महत्वबारे बनाइएको छोटो वृत्तचित्र समेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा पासा पुच गुठी साउथ इष्ट लन्डन अध्यक्ष सुशील प्रजापति, पासा पुच गुठी यूकेका केन्द्रीय अध्यक्ष कुमार श्रेष्ठ र विशेष अतिथी विष्णुप्रसाद श्रेष्ठले शुभकामना मन्तव्य दिएका थिए ।

सहभागीहरु समय बजी र नेपाली खाना एवं डिजे डान्समा रमाएका देखिन्थ्यो । उक्त कार्यक्रम सत्यप्रसाद प्रजापतिले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री