अल बिदा अभिनेता शशी कपूर

नयाँ दिल्ली, भारत, १८ मङ्सिर – भारतीय सिनेमा जगतमा अत्यन्तै सफल अभिनेता शशीकपूरको सोमबार निधन भएको छ । उहाँ ७९ बर्षको हुनुहुन्थ्यो ।

सन् १९७० देखि ८० को दशकमा एक सफल अभिनेता तथा निर्मातासमेत रहेर ख्याति कमाएका शशीकपूर लामो समयदेखि मृगौलासम्बन्धी रोगका कारण विरामी हुनुहुन्थ्यो ।

शशीकूमारको सोमबार कोकलिवेन अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।

शशीकपूरले १०० भन्दा बढी हिन्दी चलचित्रमा अभिनय गर्नुभएको थियो भने इश्माइल मर्चेण्ट र जेम्स आइभोरीद्वारा सञ्चालित मर्चेण्ट आइभोरी प्रोडक्सनले निर्माण गरेका केही अङ्ग्रेजी चलचित्रमा पनि अभिनय गर्नुभएको थियो ।

भारतीय सिने जगतमा उल्लेख्य योगदान पुरयाएका कपूर वंशमा जन्मनुभएका शशी भारतीय चलचित्रका प्रसिद्ध पूराना अभिनेता पृथ्वीराज कपूरका कान्छा छोरा हुनुहुन्थ्यो ।

उहाँको मङ्गलबार अन्त्येष्टि गरिने बताइएको छ । उहाँका दुई छोरा र एक छोरी हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री