हिउंले ढाकियो बेलायत


लन्डन । आइतबार बेलायतभर हिमपात भएको छ । स्कटल्याण्डका केही भाग, नर्दन इंग्ल्याण्ड र नर्दन आयरल्याण्डमा भारी हिमपात भएको खबर छ । वेल्स तथा मध्य इंग्ल्याण्डमा २० सेन्टिमिटरसम्म र आयरल्याण्डमा १२ इन्च हिउं परेको मौसमविदहरुले जनाएका छन् । यो अवस्था आइतबार रातीसम्म जारी रहने भविष्यवाणी मौसमविदहरुको छ । वेल्समा २८ सेन्टिमिटर (११ इन्च) हिउं परेको जनाइएको छ ।

हिउंका कारण बर्मिंगहम, लुटन र स्टयानस्टेड विमानस्थलबाट हवाइ उडान नै स्थगित भए । वेल्स, मिडल्याण्डस र नर्दन तथा पूर्वी इंग्ल्याण्डका सडकहरु प्रभावित भएको बेलायती अखबार ‘दि गार्डियन’ ले जनाएको छ ।

बाक्लो हिउंका कारण लेस्टरसायर, वोरसेस्टरसायर र बेडफोर्डसायरमा सवारी आवगमन अवरुद्ध भयो भने बर्मिंगहम सिटी सेन्टर हिउंले ढाकियो । लेस्टरसायर एमवानको नर्थबाउण्ड बन्द नै गरिएको मेट अफिसले जनाएको छ ।

वेल्सको एली, स्वान्सी र कार्डिफमा हिउंका कारण बाढी आएको जनाइएको छ । बेलायतको ब्रेकन नजिक सेन्नीब्रीजमा ११ इन्च हिउं ढाकिएको मेट्रो दैनिकमा खबर छ । कतिपय शहरमा बस र रेल सेवा प्रभावित भएको बताइएको छ । अक्सफोर्डसायरको बिस्टर टाउनमा लोड सेडिंग भएको समाचारमा उल्लेख छ ।

तलका तीन तस्विर- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री