बेलायतकी राजकूमारी डायनाको सालिक निर्माण गर्न मूर्तिकार चयन

लण्डन – राजकूमार विलियम तथा ह्यारीले आफ्नी स्वर्गीय आमा राजकूमारी डायनाको मृत्यु भएको बीसौं बर्षदिनको सम्झनामा उहाँको प्रतिमा (सालिक) निर्माण गर्ने योजना अनुसार आइतबार कुशल मूर्तिकारको चयन गर्नुभएको छ ।

बेलायतकी महारानी एलिजावेथ द्वित्तीयको सन् १९९८ देखि बेलायती मुद्रामा प्रयोग भएको प्रतिमा निर्माण गरेका मूर्तिकार इयान राङ्क ब्रोड्लीले डायनाको सालिकलाई आगामी सन् २०१९ सम्म पूरा गरी हस्तान्तरण गर्ने सम्झौता भएको बताइएको छ ।

उहाँको सालिक केसिङ्टन दरबार परिसरमा राखिने छ । केसिङ्टन स्वर्गीय डायनाको बासस्थान हो । राजकूमारद्वयले आइतबार एक विज्ञप्ति जारी गरी भन्नुभएको छ, ‘सालिकको निर्माण ‘स्वर्गीय माता डायनाको सम्मानमा निर्माण गरिने उचित एवम् स्थायी’ उपहार भएको र यसले उहाँको जीवन र विरासतको स्मरण गराइरहने छ ।’

स्वर्गीय राजकूमारी डायनाको सन् १९९७ मा फ्रान्सको राजधानी पेरिसमा कार दुर्घटनामा मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री