आइएस अझै हारिसकेका छैनन्– ब्रिटिश प्रधानमन्त्री

लन्डन – ब्रिटिश प्रधानमन्त्री टेरेजा मेले इस्लामिक अतिवादी समूह ‘आइएस’ अझै हारि नसकेका बताउनुभएको छ ।

इराकबाट इस्लामिक स्टेटलाई परास्त गरी युद्ध अन्त्य भएको घेषणा गरेका इराकी प्रधानमन्त्री हाइदर अली अबादीलाई दिएको बधाई सन्देशमा प्रधानमन्त्री मेले सो धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो- ‘सिरियाली सीमा क्षेत्रतर्फबाट अझै पनि आइएस इराकका लागि चुनौती हुन सक्छन्, हारिसकेका छैनन्, अझै सतर्क हुनुपर्ने अवस्था छ ।’

इराकका प्रधानमन्त्री अबादीले आइतबार करिब तीन वर्ष यता देखि जारी जिहादी विरुद्धको युद्ध अन्त्य भएको घोषणा गरेका थिए ।

सो घोषणासँगै ब्रिटिश प्रधानमन्त्रीको उक्त बधाई सन्देश आएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री