धुर्मुसले बांडे न्यानो कपडा

काठमाडौं । हांस्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ ले न्यानो कपडा वितरण गरेका छन् । उनले जितपुर सिमरा उपमहानगरपालिका वडा १९, २०, २३ र ४ मा रहेका मुस्लिम, धागर, मुसहर समुदायका करिव तीनसय बढी घरपरिवारलाई न्यानो ब्ल्याङकेट वितरण गरे ।

न्यानो ब्ल्याङकेट जम्मा गर्न उनलाई एनआरएनए आरसीसी चाइनाले विषेश सहयोग गरेको थियो । कार्यक्रम सफल बनाउन होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नं. २ का महासचिव मोहन शर्मा लामिछाने र जितपुर सिमरा नगर उद्योग वाणिज्य संघका पदाधिकारीले सहयोग गरेका धुर्मुसले बताए ।

‘राष्ट्र निर्माण, तपाईं हाम्रो अभियान’ भन्ने नारा अघि सार्दै दुःखीहरुका लागि वस्ती निर्माणमा जुटेका धुर्मुस अहिले रौतहटका बाढी पीडितका लागि घर निर्माण गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री