सोमबार, असार ११ २०७५ | Mon, June 25, 2018
नेपालको समय: २१:११ | UK Time: 16:26

चीनमा एक लाख २८ हजार अश्लील वेबसाइट बन्द

रासस-सिन्ह्वा
२०७४ पुष २५ गते ०:५८

बेइजिङ, २४ पुस – चीनमा गत बर्षभरि अर्थात् सन् २०१७ मा अश्लील सामग्रीसम्बन्धी १० हजार ३०० घटना भएका छन् ।

अश्लील सामग्री प्रदर्शन तथा अवैध प्रकाशन विरुद्धको कार्यालयले सोमबार सार्वजनिक गरेको विवरणमा यस्तो तथ्याङ्क देखिएको हो ।

यस्ता गतिविधिमा संलग्न भएको अभियोगमा एक लाख २८ हजार वेबसाइट बन्द गरिएको छ भने प्रकाशित करोडौँ सामग्रीहरू मेटाइएको छ ।

यस अवधिमा कार्यालयमा आम नागरिकको तर्फबाट एक लाख २१ हजार उजुरी परेका थिए ।

कार्यालयले सार्वजनिक सुरक्षा र प्रतिलिपि अधिकार सम्बन्धी एक सय ४७ मुख्य घटनाबारे पनि कारबाही चलाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक