मोहन गुरुङ नेप्लिज को-अपरेटिभ इन्भेष्टमेन्टको पुनः अध्यक्ष

लन्डन । नेप्लिज को-अपरेटिभ इन्भेष्टमेन्ट लिमिटेड यूकेले मोहन गुरुङको कार्यसमितिलाई सर्वसम्मतिले निरन्तरता दिएको छ । आइतबार साउथ इष्ट लण्डनको ब्ल्याकहिथमा सम्पन्न तेश्रो अधिवेशनले मोहन गुरुङ अध्यक्ष रहेको नेतृत्वलाई निरन्तरता दिने निर्णय गरेको हो ।

सात सदस्यीय कार्यसमितिको कार्यकाल तीन वर्ष हुनेछ । कार्यसमितिमा महासचिव अर्कराज तिम्सिना, कोषाध्यक्ष एलएन पाण्डे र सदस्यहरुमा सहदेव गिरी, रन्जिता मल्ल, सुशील प्रजापति र सुरज केसी छन् । निर्वाचनका लागि सुमल कुमार गुरुङ संयोजक तथा शंकर घिमिरे र लक्ष्मण शाह सदस्य रहेको समिति गठन गरिएको थियो । सो समितिका संयोजक गुरुङले नवनिर्वाचित कार्यसमितिलाई शपथ गराए ।

नवनिर्वाचित कार्यसमितिलाई सूर्य गुरुङ, हरिगोविन्द गुरुङ, कुमार श्रेष्ठ, यादव भण्डारी लगायतले कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।

सम्मेलनले वार्षिक र आर्थिक प्रतिवेदन पारित गरेको छ । महासचिव अर्कराज तिम्सिनाले सञ्चालन गरेको कार्यक्रममा रन्जिता मल्लले स्वागत र सहदेव गिरीले धन्यवाद मन्तव्य दिएका थिए ।

अधिवेशनका सहभागीले आ-आफ्नो जिज्ञासा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री