‘छक्का पन्जा २’ बेलायतमा प्रदर्शन गरिंदै


लन्डन । नेपालमा यस वर्ष अत्यधिक रुचाइएको दीपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पञ्जा २’ बेलायतका दर्शकमाझ देखाइंदै छ । आगामी फेब्रुअरी ३ तारिख सांझ अल्डरसटस्थित एम्पायर हलमा चलचित्र प्रदर्शन गर्न लागिएको आयोजकमध्ये एक अनिल मल्लले जानकारी दिए ।

हयाब अ मोमेन्ट र नेप्लिज इन्टरटेन्मेन्ट यूकेको संयुक्त प्रयासमा फिल्म बेलायतका दर्शकमाझ ल्याउन लागिएको हो ।

उक्त कमेडी फिल्ममा प्रियंका कार्की, दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, वर्षा राउत, स्वस्तिमा खड्का, बुद्धि तामाङ, स्वरुप ढकाल, गौरव पहारी लगायतको अभिनय छ ।

नेप्लिज इन्टरटेन्मेन्ट यूकेले हरेक पटक दीपक दीपाको फिल्म बेलायतमा प्रदर्शन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री