राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत तोकिए

काठमाडौं-निर्वाचन आयोगले २४ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि सातवटै प्रदेशमा निर्वाचन अधिकृत तोकेको छ । आयोगले बिहीबारदेखि लागु हुने गरी सातवटै प्रदेशमा उच्च अदालत रहेका जिल्लाका न्यायाधीसलाई निर्वाचन अधिकृत तोकेको हो ।

आयोगले प्रदेश नं १ मा राजकुमार खतिवडालाई निर्वाचन अधिकृत नियुक्त गरेको छ । उनी मोरङ जिल्ला अदालतका न्यायाधीस हुन् । यस्तै २ नम्बर प्रदेशको निर्वाचन अधिकृतमा धनुषाका न्यायाधीस राधाकृष्ण उप्रेती, ३ नं प्रदेशमा ललितपुरका न्यायाधीस बालमुकुन्द दवाडी, प्रदेश नं ४ को निर्वाचन अधिकृतमा कास्कीका न्यायाधीस दीपेन्द्र अधिकारी नियुक्त भएका छन् ।

यस्तै, प्रदेश नं ५ को निर्वाचन अधिकृतमा दाङका न्यायाधीस हेमन्त रावल, ६ नं. प्रदेशको निर्वाचन अधिकृतमा सुर्खेतका न्यायाधीस मेदिनीप्रसाद पौडेल र ७ नं प्रदेशको निर्वाचन अधिकृतमा डोटीका न्यायाधी जयानन्द पनेरु नियुक्त भएका छन् । आयोगले शनिबारदेखि कार्यलय सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

आयोगले १ नं. प्रदेशको मोरङ, २ नं. को जनकपुर र ३ नं. को ललितपुरमा मतदान गराउने भएको छ । यस्तै ४ नम्बर प्रदेशको कास्की, ५ नं. प्रदेशको दाङ, ६ नं प्रदेशको वीरेन्द्रनगर र ७ नं प्रदेशको दीपायलमा मतदान गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री