अन्ततः माओवादी केन्द्र सरकार छाड्ने तयारीमा

पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं- बाम गठबन्धनको घटक माओवादी केन्द्रले अन्ततः सरकारबाट बाहिरिने तयारी गरेको छ । निर्वाचनका बेला प्रमुख प्रतिपक्षी दलसँग गठबन्धन बनाएपनि सरकारबाट नहटेको भन्दैं माओवादी मन्त्रीहरुको आलोचना भइरहेको थियो ।

त्यतिबेला माओवादीले सरकार निर्वाचनमा भाड्न लागेको भन्दैं सरकार नछाड्ने बताएका थिए । त्यसपछि माओवादी मन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले विनाविभागीय बनाइदिएका थिए ।

 चुनाव सम्पन्न भएको एक महिना बित्नै लाग्दा पनि माओवादी मन्त्रीहरुले सरकार नछाडेपछि उनीहरुको चर्को विरोध भइरहेको थियो । त्यही बीच माओवादी मन्त्रीहरुले सरकार छाड्ने तयारी गरेका हुन् ।

तर, माओवादी केन्द्रले सरकार छाड्ने निर्णय गरेपनि कहिले प्रधानमन्त्रीलाई राजीनामा बुझाउने वा फिर्ता बोलाउने भन्ने विषयमा तय भइनसकेको माओवादी स्रोतले जनाएको छ । माओवादीले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आफ्ना मन्त्रीहरुको राजीनामा बुझाउने भन्दा पनि फिर्ता बोलाउने निर्णय लिन सक्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री