एमालेबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्न यस्ता छन् मापदण्ड

काठमाडौं- नेकपा एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नका लागि मापदण्ड तयार पारेको छ । शुक्रबार एमाले मुख्यालय धुम्बाराहीमा बसेको केन्द्रीय सचिवालयको बैठकले उम्मेदवार बन्नका लागि ६ वटा मापदण्ड बनाएको हो ।

उसले पार्टीमा लामो योगदान दिएको, स्थानीय, प्रदेश सभा तथा प्रतिनिधीसभामा निर्वाचनमा उम्मेदवार नबनेका तथा समानुपातिक सूचीमा नरहेका, संविधानको धारा ८७ बमोजिमको योग्यता पुगेका ब्यक्तिलाई उम्मेदवार बनाउने जनाएको छ ।

यस्तै एमालेबाट राष्ट्रिसभाको उम्मेदवार बन्नका लागि भौगोलिक र समाजिक सन्तुलन, विभिन्न विषयका विज्ञ तथा विशेषज्ञहरु, पार्टीमा वैचारिक आवद्धता राख्दैं समाजसेवा,  संस्कृति कला, साहित्य, विज्ञान, प्रविधिलगायत सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुरयाएको हुनुपर्नेछ ।

निर्वाचन आयोगले २४ माघका लागि राष्ट्रिसभा निर्वाचनको घोषणा गरेको छ । त्यसका लागि ७ गते नामावली प्रकाशन, १० गते मनोनयन दर्ता र १५ गते निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम निर्वाचन आयोगको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री