जिप दुर्घटनामा गाउँपालिका अध्यक्षसहित ६ जनाको मृत्यु

संखुवासभा – संखुवासभा सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिकाको दोभानतर्फ जाँदै गरेको जिप आइतबार मध्याह्न दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालसहित ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुने अन्यमा पाथीभरा हेदानाका स्थानीयबासी सुरेश राई र खाँदबारीका सुवासचन्द्र कुइँकेलको मात्र सनाखत भएको छ ।

मृत्यु हुनेमा समाजशास्त्री अर्जुन बस्नेत र इन्जिनियर सुदीप ढकालको नाम खुले पनि वतन खुलेको छैन । जिप चालकको भने सनाखत हुन सकेको छैन ।

प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार, सदरमुकाम खाँदबारीबाट गएको बा ५ च १३०९ नम्बरको जीप भोटखोला गाउँपालिका–३ मा पर्ने सामाटार भन्ने स्थानमा दुर्घटना भएको हो । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री