म माथि लगाइएको आरोप गलत- ट्रम्प

तस्विर- एएफपी

वासिङ्टन, संयुक्त राज्य अमेरिका, २ माघ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफ्रिकी देशबारे गरेको सम्बोधनलाई लिएर आफूलाई गलत पुष्टि गर्ने प्रयास भएको मङ्गलबार बताउनुभएको छ ।

केही दिन पहिले ट्रम्पले केही अफ्रिकी देशबारे अशिष्ट र अपमानजनक भाषा प्रयोग गरेको विवरण सार्वजनिक भएको थियो । तर उहाँले आफूमाथि लगाइएको आरोप गलत रहेको दावी गर्दै त्यसको खण्डन गर्दै आउनुभएको छ ।

राष्ट्रपति ट्रम्पले भन्नुभयो, ‘उमेरका गैरकानूनी आप्रवासीलाई रोक्न र योग्य जनशक्ति भित्राउनका निम्ति गर्न लागिएको एउटा सम्झौता प्रयासमा म माथि लगाइएको गलत आरोपले समस्या उत्पन्न भएको छ । मेरो मनसाय कसैलाई आक्षेप लगाउनु नभै बालबालिका तथा किशोरलाई शरणार्थीका रूपमा प्रवेश गराइनु गलत हुने र देशमा योग्य जनशक्ति भित्राउन फरक समाधान खोज्नुपर्छ भन्ने हो ।’

आप्रवासन सुधारसम्बन्धी एउटा बैठकमा राष्ट्रपतिले ‘आपत्तिजनक र जातिवादी’ टिप्पणी गरेको भन्ने डेमोक्रयाटिक सिनेटर डिक डर्बिनले गरेको दावीबारे ट्रम्पले जवाफ दिने क्रममा पछिल्लो भनाई आएको हो ।

मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघ उच्च आयोग (युएनएचसिआर) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा हाइटी तथा अफ्रिककाबाट अमेरिका आउने आप्रवासीबारे व्यक्त गरेका प्रतिक्रियालाई ‘लज्जाजनक’ तथा ‘जातिवादी’ भनी गत शुक्रबार आलोचना गरेको थियो ।

वासिङ्टन पोस्ट पत्रिकामा ट्रम्पले गत बिहीवार आप्रवासन सम्झौतासम्बन्धी एउटा प्रस्तावमाथि राष्ट्रपति कार्यालयमा छलफल गरेरपछि रिपब्लिकन र डेमोक्रयाटिक सांसदहरू फर्केपछि उक्त विवाद शुरू भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री