सुध्रिएन अमेरिका रुस सम्बन्ध

मस्को, ४ माघ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष उहाँको निर्वाचन अभियानका क्रममा अमेरिका र रुसबीचको सम्बन्धमा थप सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । तर, व्यवहारमा भने त्यस्तो हुन सकिरहेको छैन । उहाँले त्यसताका भन्नु भएजस्तै यी दुई देशको सम्बन्धमा सुधार हुन सकेको छैन ।

बरु त्यसको उल्टो यो एक वर्षमा यी दुई देशको सम्बन्ध शीतयुद्धकालीन रुपमा जस्तो भित्रभित्रै झनै नराम्रो हुदै गएको विश्लेषण गर्न थालिएको छ ।

रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाकारोभाले बिहीबार रुसी राजधानी मस्कोमा सो धारणा राख्नुभएको हो । उहाँले भन्नुभएको छ– ‘ट्रम्प राष्ट्रपति भएपछि जुन रुपमा सम्बन्ध सुधार होला भन्ने अपेक्षा गरिएको थियो, त्यो रुपमा हुन सकिरहेको छैन ।’

उहाँले भन्नुभयो– ‘हामीले त ट्रम्प सत्तामा आएपछि अमेरिकासँगको सम्बन्धमा सुधारका लागि निकै नै प्रयास गरिरहेका छौँ, तर खोइ किन किन त्यसो हुन सकिरहेको छैन ।’

यी दुई देशको पछिल्लो समयमा विशेषगरी युक्रेन, सिरिया र इरानको विषयलाई लिएर असमझदारीहरु विकास भइरहेको छ, त्यसैले यसलाई अब आगामी दिनमा कम गर्ने उपायहरु अवलम्बन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

मस्कोमा बिहीबार आयोजित एक नियमित पत्रकार सम्मेलनका क्रममा उहाँले सो धारणा राख्नुभएको हो ।

हिजोमात्र पनि अमेरिकी राष्ट्रपति ट्रम्पमाथि रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभ खनिनुभएको थियो । उहाँले ट्रम्पकै कारण रुससँगको सम्बन्ध अहिले आएर झनै विग्रिएको बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री