यी हुन् विल गेट्सकी छोरी जेनिफर, जो छिन् घोडसवारकी पारखी

विश्वकै सर्वाधिक धनी ब्यक्तिमा गनिन्छन्– विल गेट्स र उनकी श्रीमती मेलिण्डा । सधै यो जोडीले आफ्नो ब्यक्तिगत लाइफलाई प्राइभेट राख्छ । उनकी २१ वर्षीया छोरी जेनिफर गेट्स यसको ठिक उल्टो छिन् । जो घुमफिर गर्न सौखिन छन् र आफ्ना फोटोहरु सोसल मिडियाहरुमा जमेर सेयर गर्छिन् ।

पछिल्लो एक वर्ष उनले आफ्नो ब्वाइफ्रेण्डसँग कुवेतसहितका संसारका अलग–अलग देशमा समय बिताइन् । यो दौरान उनले संसारभरका घोड सवारी प्रतियोगितामा पनि भाग लिइन् र त्यसको फोटोहरु सेयर पनि गरिन् । अप्रिल १९९६ मा जन्मिएकी जेनिफर बिल र मेलिण्डाका सबैभन्दा जेठी छोरी हुन् । उनका पिता जो माइक्रोसफ्टका कारण संसारभर प्रसिद्ध छन् । तर, जेनिफरलाई १४ वर्षसम्म फोन बोक्न दिइएको थिएन ।

जेनिफर र उनका भाइबहिनीले आफ्ना पिताको सिएटलमा रहेको प्राइभेट लेक हाइस्कुलबाट पढाइ सुरु गरेका थिए । त्यसपछि उनीहरु उच्च शिक्षाका लागि स्ट्यानफोर्ड युनिभर्सिटी गइन् । उनी घोड सवारीकै सौखिन छिन् र ६ वर्षको उमेरदेखि नै राइडिङ गरिरहेकी छिन् । उनी आफ्नो घोडाको तारिफ गरेर कहिल्यै थाक्दिनन् । उनी सुपर स्वीट र कन्फिडेन्टले भरिएकी छिन् ।

बिल गेट्सले उनको यो ‘प्यासन’ लाई सपोर्ट गर्नका लागि फ्लोरिडाको बेलिङगटनमा एक प्रोपर्टी खरिद गरेका छन् । यहाँ किनिएको बंगलाको मुल्य ५३ करोड रुपैयाँ रहेको बताइएको छ ।

यो बंगला पाम बीचको धेरै नजिक छ । जहाँ प्रत्येक वर्ष विन्टर इक्वेष्ट्रेन फेस्टिबल हुने गर्छ । यो फेस्टिबलमा हरेक वर्ष ४९ राज्य, ३० देशका २ हजार ८ सय घोडा सवार प्रतिस्पर्धा गर्छन् । संयुक्त राज्य अमेरिकाको इक्वेष्ट्रेन फेडरेशनले जेनिफरलाई शो जम्पिङमा १९ औं नम्बरमा राखेको छ । उनी घोडा सवारीका सबै प्रख्यात कम्पिटीसनहरु सहभागी भइसकेकी छिन् ।

गेट्सले द हर्स नेटवर्कको भनेकी छन कि उनले आफ्नो स्कुल र हर्स राइडिङमा सन्तुलन बनाइसकेकी छन् । उनी भन्छिन्, ‘यी दुवै चीजले जीवनलाई निकै ब्यस्त बनाएका छन्, तर मलाई यी दुवै चीज मन पर्छन् ।’

घुमफिर उनको ‘ग्ल्यामरस लाइफ’ को हिस्सा नै हो । पछिल्लो एक वर्ष उनले आफ्नो ब्वाइफ्रेण्ड नाएल नस्सरसँग घुमफिरका तस्विरहरु सोसल मिडियामा सेयर गरेकी थिइन् । नाइल पनि प्रसिद्ध शो जम्पर हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री