अल्डरसटमा शिशु मारेर फाल्नेको व्यापक खोजी

प्रहरीले उपलब्ध गराएको घट्नास्थलको नक्सा

लन्डन । बेलायतको अल्डरसटमा एक शिशु मारेर फाल्ने व्यक्तिको खोजीमा सघाउन स्थानीय प्रहरीले अपिल गरेको छ । हयाम्पसायर कन्सटयाबुलरीले एक विज्ञप्ति जारी गर्दै अल्डरसटस्थित म्यानर पार्कको झाडीमा शिशु मारेर फाल्ने व्यक्तिको खोजीमा सहायता गर्न समुदायलाई अपिल गरेको हो । प्रहरीले गत वर्ष १९ मे, २०१७ शुक्रबार एक शिशुको शव भेट्टाएको थियो । उक्त घट्ना १५ मे सांझ ६ देखि १६ मे बिहान ८ बजेसम्म भएको प्रहरी बताउंछ ।

प्रहरीले सिसिटिभी फुटेज र वरपरका दृश्यहरु समेत सार्वजनिक गरि पुनः घर घर सोधपुछ गर्न थालिएको जनाएको छ । घट्ना भएको झण्डै ८ महिना अवधिमा धेरै अनुसन्धान र सोधपुछ गर्दा पनि वास्तविक तथ्य पत्ता लगाउन नसकिएको प्रहरीको गम्भीर अपराध अनुसन्धान युनिटको भनाइ छ । प्रहरीले ति शिशुको टाउकोमा चोटका कारण मृत्यु भएको पाइएको र ‘फोरेनसिक विशेषज्ञ’ को मुल्यांकनका आधारमा शिशुको एकजना अथवा बाबु आमा दुबै इष्ट एजियन वंशको भएको बताएको छ । अल्डरसट क्षेत्रमा नेपालीको उल्लेख्य बसोबास भएको र बच्चा इष्ट एजियन वंशको भएकाले प्रहरीले नेपाली समुदायबाट पनि अनुसन्धानमा सहयोग अपेक्षा गरेको हो ।

वरिष्ठ अनुसन्धान अधिकृत डिटेक्टिभ चिफ इन्सपेक्टर डेभ स्टोरेले भनेका छन्, ‘लामो विस्तृत र गहिरो अनुसन्धान गर्दा पनि बच्चा र अभिभावकको पहिचान गर्न नसक्दा हामी दुःखी छौं । त्यो अन्जान शिशुलाई किन मारियो भन्ने जान्न र अपराधीलाई न्यायिक कठघरामा ल्याउन आवश्यक छ ।’

Hampshire Constabulary appeal-

If you can help please contact the investigation team on 101 quoting Operation Metre. Alternatively please call Crimestoppers anonymously on 0800 555 111.

प्रतिक्रिया

सम्बन्धित सामाग्री