वेटिङ प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीको फोन

काठमाडौं- वेटिङ प्रधानमन्त्रीका रुपमा हेरिएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेका छन् ।

आइतबार अपरान्ह मोदीले ओलीलाई टेलिफोन गरेको ओलीका प्रेस सल्लाहकार चेतन अधिकारीले जानकारी दिए ।

उनकाअनुसार टेलिफोन वार्ताका क्रममा मोदीले भावी प्रधानमन्त्रीका रुपमा ओलीलाई शुभकामना दिनुका साथै भारत भ्रमणको निम्तो समेत दिएका थिए ।

ओलीले पनि मोदीलाई मुक्तिनाथ र जानकी मन्दिर भ्रमणको निम्तो दिएका छन् । यसअघि ६ पुसमा पनि मोदीले ओलीलाई टेलिफोन गरेर प्रदेश तथा प्रतिनिधि सभामा ठूलो पार्टी भएकोमा बधाई दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री