बाम गठबन्धन एकता संयोजन समितिको बैठक, आएन ‘सरप्राइज’ निर्णय

दाहाल ओली । फाइल तस्वीर

काठमाडौं- नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजक समिति बैठक सम्पन्न भएको छ । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले पार्टी एकताबारे ‘सरप्राइज’ निर्णय लिने अपेक्षा गरिएको थियो ।

तर, बैठकले सरप्राइज निर्णय लिन सकेन् । महत्वका साथ हेरिएको दुई ठूला बाम पार्टी एकीकरणको विषयमा कुनै टुंगो नलागेपनि एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीचको छलफललाई टुंगोमा पुरयाएर सांगठनिक र वैचारिक कार्यदल बनाउने सहमति भएको छ ।

यस्तै, बैठकले राष्ट्रियसभामा निर्वाचनका लागि सिट बाँडफाँड गर्न गठित कार्यदलको रिपोर्टलाई अनुमोदन गरेको छ । राष्ट्रियसभामा ४३ सिटमा दुई पार्टीमध्ये एमालेले २९ र माओवादी केन्द्रले १४ सिट लिने सहमति कार्यदलले जुटाएको थियो ।

बैठकले अर्को महत्वपूर्ण निर्णयका रुपमा एमाले उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा नयाँ सरकारको विकास र सुशासनको प्राथमिकताबारे सुझाव दिन ७ सदस्सीय कार्यदल गठन गरेको छ । जसमा एमालेको तर्फबाट भीम रावल, विजय पौडेल, युवराज खतिवडा सदस्य छन् भने माओवादीको तर्फबाट वर्षमान पुन, गिरिराजमणि पोखरेल र मीनबहादुर श्रेष्ठ सदस्य रहेका छन् ।

समितिले बाम गठबन्धनले जारी गरेको घोषणापत्रका आधारमा विकास र सुशासनका प्राथमिकताहरु छनोट गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री