सैनिक विश्वविद्यालयमा आक्रमण, ५ को मृत्यु

काबुल, १५ माघ – अफगानिस्तानको राजधानी काबुलमा अवस्थित एक सैनिक विश्वविद्यालयमा भएको आतङ्ककारी आक्रमणको इस्लामिक स्टेट् (आइएस) ले जिम्मेवारी लिएको छ ।

पाँच जनाको सङ्ख्यामा आएका आतङ्ककारीहरु स्थानीय समायाअनुसार सोमबार विहान ५ बजे ‘मार्सल फहिम नेसनल डिफेन्स युनिभर्सिटी’ मा प्रवेश गरी गोलाबारीका साथै विस्फोट गराएका थिए ।

सो हमलामा परी दुई सैनिकसहित पाँच जनाको मृत्यु हुनुको साथै अन्य १० घाइते भएका छन् । काबुल सरहमा भएको यस आत्मघाती बम आक्रमणको आइएस लडाकू समूहरुले आफूले गराएको दाबी गरेको समाचारमा जनाइएको छ ।

काबुलमा पछिल्ला केही दिनयता यस्ता हिंसात्मक आक्रमणका घटनाहरु निरन्तर रुपमा भइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री