१३ वर्षमा बुवा र १५ वर्षमा आमा गुमाएकी थिइन् प्रिति जिन्टा, यस्तो छ उनको जीवन कहानी

बलिउडकी सुन्दरी नायिका तथा विजनेश वुमन प्रिति जिन्टा ४३ वर्षकी भएकी छिन् । ३१ जनवरी १९७५ मा उनी सिमला हिमाञ्चल प्रदेशमा जन्मिएकी हुन् । जब उनी १३ वर्षकी हुँदा एक कार दुर्घटनामा उनले बुवा दुर्गानन्द जिन्टालाई गुमाइन् ।

यो दुर्घटनापछि उनकी आमा नीलप्रभा दुई वर्षसम्म बेडमा रहिन् । र, त्यसपछि उनको पनि निधन भयो । प्रितिका दुई भाई छन् दीपांकर र मनिष । दीपांकर त्यो बेला स्थल सेनाका अधिकारी थिए र मनिष क्यालिफोर्नियामा बस्थे ।

प्रितिले सुरुवाती ‘स्कुलिङ’ सिमलाको कान्वेन्ट अफ जिसस र मेरी स्कुलमा पुरा गरेकी हुन् । त्यसपछि उनी द लरेन्स कलेज जोइन भइन् । कलेजको पढाइ उनले सिमलाको सेन्ट बेडेस कलेजबाट पूरा गरिन् । प्रिति जिन्टाले पोष्ट क्रिमिनल साइकोलोजीमा पोष्ट ग्राजुयसन गरेकी छिन् ।

प्रितिले आफ्नो करिअर फिल्मबाट नभई विज्ञापनबाट गरेकी थिइन् । सन् १९९६ मा एक साथीको ‘बर्थ डे पार्टी’ को बेला उनको भेट एक निर्देशकसँग भयो । उनलाई पहिलो विज्ञापन एक चकलेट ब्राण्डको मिलेको थियो, त्यसपछि उनी साबुनको विज्ञापनमा पनि देखिइन् ।

सन् १९९७ मा प्रीति जिन्टा आफ्नो साथीसँग एक अडिसनका लागि गएकी थिइन्, उनको भेट निर्देशक शेखर कपुरसँग भयो । कपुरले प्रितिलाई आफ्नो फिल्म ‘तारा रम पम’ का लागि अनुबन्ध गरे । ऋतिक रोशनले खेल्ने तय भएको यो फिल्म अन्तिममा कुनै कारणले ‘क्यान्सिल’ भयो ।

त्यसपछि प्रीतिले कुन्दन शाहको फिल्म ‘क्या कहाना’–२००० मा साइन गरिन् । तर, यसका पहिलो निर्देशक मणि रत्नमको ‘दिल से’–१९९८ रिलिज भयो र यो नै प्रीतिको डेब्यु फिल्म बन्यो । तर, उनको पहिलो लिड रोल ‘सोल्जर’–१९९८ मा थियो ।

प्रितिले ‘हर दिन जो प्यार करेगा’, ‘दिल चाहता है’, ‘कोइ मिल गया’, र ‘हिरोज’ जस्ता फिल्ममा काम गरिन् । अन्तिम पटक उनी सन् २०१४ मा रिलिज भएको ‘ह्याप्पी इन्डिङ’ मा देखिएकी थिइन् ।

अहिले भने उनी पति जीन गुड इनफसँग विवाहित जीवनको मस्ती लिइरहेकी छिन् । उनी आइपिएल टिम किंग्स इलेभन पञ्जाबकी मालिक पनि हुन् ।

सनी देओलसँगको उनको एक फिल्म ‘भैयाजी सुपरहिट’ लगभग तयार छ । तर, अहिलेसम्म यसको रिलिज डेट तय भएको छैन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री