दक्षिण कोरियामा फहरायो उत्तर कोरियाली झण्डा

सोल, १८ माघ – निकै लामो समयपछि उत्तर कोरियाको झण्डा दक्षिण कोरियामा फहराइएको छ । दक्षिण कोरियामा हुन गइरहेको शीतकालीन ओलम्पिकको लागि दक्षिण कोरियामा बिहीबार उत्तर कोरियाको झण्डा फराइएको हो ।

सन् १९५० देखि १९५३ सम्म जारी दुई कोरियाबीचको द्वन्द्वबाट अलग भएका यी दुई देश अझै पनि प्राविधिकरुपमा युद्धमै छन् ।

तर, यस खेलकूदका कारण भने अहिले उनीहरुबीच शान्ति सम्झौता नभए पनि आपसमा समझदारी बढिरहेको पाइएको छ ।

आगामी सोमबारबाट औपचारिकरुपमा शीतकालीन ओलम्पिक खेल सुरु हुंदैछ । त्यसका लागि आएका खेलाडी र अन्य सहभागीको स्वागत सुरु भएको छ ।

सोमबारबाट औपचारिकरुपमा खेलमा सहभागीको स्वागतको कार्यक्रमका लागि दक्षिण कोरियाली सैनिकलाई पनि परिचालन गरिने भएको बताइएको छ ।

बिहीबार उत्तर कोरियाको झण्डा फहराइएको उक्त विशेष कार्यक्रममा दुवै देशका नागरिक, स्वयंसेवी र अन्य अधिकारीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री