‘चेन्नई एक्सप्रेस’ देखि ‘पीकू’ सम्म यी हुन् दीपिकाका सबैभन्दा बढी कमाउने फिल्म

दीपिका पादुकोण फिल्म ‘पदमावत’ ले राम्रो ‘रेस्पोन्स’ पाएको छ । फिल्मले ८ दिनमा करिब १६६.५० करोड भारतीय रुपैयाँ कमाएको छ । ‘ट्रेण्ड एनालिष्ट’ तरण आदर्शलाई मान्ने हो भने फिल्म चाडै २ सय करोडको क्लबमा सामेल हुनेछ ।

दीपिकाले यसबाहेक कयौ सुपरहिट फिल्ममा काम गरिसकेकी छिन् । उनका फिल्महरुले बक्स अफिसमा जब्बर रुपमा कमाइ पनि गरेका छन् । यसअघि उनको फिल्म ‘चेन्नई एक्सप्रेस’ ले २ सय ६६ करोड भारतीय रुपैयाँ कमाएको थियो ।

‘ह्याप्पी न्यु इयर’ ले २ सय ३ करोड भारतीय रुपैयाँ कमायो । सन् २०१३ मा रिलिज भएको ‘ये जवानी है दिवानी’ ले १ सय ९० करोड कमाइ गरयो ।

सन २०१५ मा रिलिज भएको लभस्टोरी ऐतिहासिक सिनेमा ‘बाजीरावो मस्तानीले’ १८० करोड खल्तीमा पारयो । सन् २०१३ को अर्को सिनेमा ‘गोलियो की रासलीला रामलीला’ ले १ सय १० करोड र सन् २०१३ कै ‘रेस २’ ले १ सय २ करोड कमाइ गरेको थियो ।

यस्तै, सन् २००७ मा रिलिज भएको ‘ओम शान्ति ओमले’ ७९ करोड, २०१५ मा रिलिज भएको ‘पीकू’ ले पनि ७९ करोड नै कमाइ गरेको थियो । बलिउडकी सफल अभिनेत्री मानिने दीपिकाको सन् २०१२ मै रिलिज भएको ‘ककटेल’ र सन् २०१० मा रिलिज भएको ‘हाउसफूल’ ले समान ७६ करोड रुपैया कमाए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री