गायिका मेलिनाको मन मुटु रित्तो पार्ने को होला ?

गायिका मेलिना राई

लन्डन । अहिलेकी चर्चित गायिका मेलिना राईको स्वरमा नयां गीत सार्वजनिक भएको छ । ‘मन मुटु…’ बोलको गीत म्यूजिक नेपाल अफिसियल युट्यूब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो ।

अमृत अन्जान ‘आंशु’ को शब्द रहेको उक्त आधुनिक गीतमा श्रीकृष्ण बम मल्लले संगीत दिएका छन् । एरेन्जर हुन् सुमन केसी ।

गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको छ, जसको निर्देशन भुवन स्याङबो तामाङले गरेका छन् । भिडियोमा नयन डिसी, बिनिता र श्रेयाको अभिनय छ ।

गीतको भिडियो यस्तो छ-

प्रतिक्रिया

सम्बन्धित सामाग्री