नायिका साम्राज्ञीको बक्षस्थलको ट्याटु भाइरल, के हो वास्तविकता ?

नायक आर्यन सिग्देलको फिल्म ‘कायरा’ को सुटिङ क्रममा साम्राज्ञी राज्यलक्ष्मी शाह फिलिपिन्स पुगेकी थिइन् । इन्सटाग्राम, फेसबुकमा सक्रिय यी नायिकाको इन्सटामा त्यहीबाट एउटा ‘ट्याटु’ खोपिएको तस्विर सार्वजनिक भयो ।

जसमा साम्राज्ञीको दायातर्फको बक्षस्थलको तलको भागमा ट्याटु खोपिएको थियो । उक्त ट्याटुयुक्त फोटो इन्सटाग्राममा सार्वजनिक भएलगतै भाइरल बन्यो । अनलाइन मिडियाहरुले सनसनी समाचार पस्के ।

‘कायरा’ फिल्म सुटिङका क्रममा साम्राज्ञीले नक्कली ट्याटु बनाएको भनेर कतिले समाचार बनाए । कतिसम्म भने उनले बनाएको अनौठो ट्याटुले बजार मात्रै गर्माएन, सयौं गसिपहरु लेखिए ।

साम्राज्ञीको ट्याटु खोपिएको फोटो । जुन निकै भाइरल भएको थियो ।

त्यसो भए त्यो ट्याटुको वास्तविकता के थियो ? साम्राज्ञी आफैले केही अनलाइनलाई त्यो फोटो आफूले ‘लिक’ नगरेको भनेर प्रष्टीकरण दिएकी छिन् ।

उनले आफूले ट्याटु खोपाएको स्वीकार गरेकी छन् तर त्यो आफूले बाहिर लिक नगरेको उनको भनाइ छ । भएको के रहेछ भने उनका ट्याटु आर्टिष्टले ट्याटु बनाएछन् । त्यसपछि उनले फेसबुक पेजमा राख्नु भनेर अनुमति पनि मागेछन् ।

साम्राज्ञीलाई लागेछ–अनुहार हटाएर राख्लान । तर, साम्राज्ञी फ्यान पेजमा फोटो अनुहारसहितको नै आएछ । त्यसपछि त के लागोस र फोटो एकाएक भाइरल भइदियो । कतिपयले उनको उक्त ट्याटुलाई लिएर आलोचना समेत गरेका छन् ।

साम्राज्ञीको बक्षस्थलमा ट्याटु खोज्ने आर्टिष्टले अहिले आएर माफी मागेका छन् । उनले माफी माग्दै लेखेका छन्, ‘मैले साम्राज्ञीको अनुमति नमागी फोटो अपलोड गरे, म रिग्रेट फिल गरिरहेको छु । प्लीज साम्राज्ञीलाई सपोर्ट गरिरहनुहोस् ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री