ट्रम्पको सम्बोधन ‘विनाशको नयाँ सङ्केत’- उत्तर कोरिया

उत्तर कोरियाली शासक किम । तस्विर- एपी

प्योङयाङ , उत्तर कोरिया, २१ माघ – उत्तर कोरियाले अमेरिकी राष्ट्रपतिले ‘स्टेट अफ यूनियन’ मा गरेको सम्बोधनको आइतबार विरोध गर्दै यसलाई ‘विनाशको नयाँ सङ्केत’ भनेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई शत्रुको रूपमा सम्बोधनमा बताएको बिषयलाई लिएर प्योङयाङको यो भनाई आएको हो ।

गत हप्ता अमेरिकी ‘स्टेट अफ द यूनियन’ मा गरेको सम्बोधनमा राष्ट्रपति ट्रम्पले अमेरिकी सरकारले आफ्नो वस्तीको सुरक्षाको अत्यधिक दवावसहित उत्तर कोरियाको आणविक मोह विरोधी अभियान चलाएको बताउनुभएको थियो ।

‘ट्रम्पको अमेरिकी पहिलो भन्ने भावको सम्बोधनबाट विश्वले ‘विनासको नयाँ सङ्केत’ देखेको र आणविक हतियारको आधारमा रहेको ‘असन्तुलित शक्ति’ ले विश्वका अन्य मुलुकहरू अमेरिकी चासोका बिषयमा झुक्नु परेको छ’- उत्तर कोरियाको विदेश मामिला मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै कोरियाली केन्द्रीय समाचार संस्था (केसिएनए) ले बताएको छ ।

विदेश मन्त्रालयका प्रवक्ताले ट्रम्पलाई उत्तर कोरियामाथि समर्पण गर्न क्रुरतापूर्वक ‘अत्यधिक दवाव’ दिएको पनि आरोप लगाउनुभएको छ ।

‘यो अन्तर कोरियाली सम्बन्धलाई राम्रो बन्न नदिने लक्ष्यका साथ आएको उदण्डता हो’- उहाँले भन्नुभयो । राष्ट्रपतिका रूपमा ट्रम्पले जिम्मेवारी सम्हालेसँगै दुई मुलुकबीच तनाव चुलिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री