को हुन् यी युवती, जसका कारण ५२ वर्षीय सलमान खान चर्चामा आए

काठमाडौं–सलमान खानले मंगलबार त्यो बेला सबैलाई चक्का दिए । उनले चक्का ट्वीटरमार्फत दिएका हुन् ।

ट्वीटरमा लेखे कि उनलाई युवती मिली सकी । लगतै सलमान जसका बारेमा भनिरहेका थिए, केही समयमै त्यो कुरा थाहा भइहाल्यो । आखिर ती को थिइन ? त्यसको जवाफ पनि उनले दोस्रो ट्वीटमा दिए ।

सलमानले ट्वीटरमा युवतीको नाममाथि रहस्य पर्दा खोल्दै लेखेका छन्, ‘चिन्ता गर्नेपर्ने कुनै कारण छैन् । आयुष शर्माको फिल्म ‘लवरात्री’का लागि युवती मिलेकी छिन्, वरीना । अब चिन्ता नगर्नुस खुशी हुनुभयो नि ।’

आयुष शर्मा उनको कान्छी बहिनी अर्पिताका पति हुन् । सलमान उनलाई फिल्मबाट इन्टरड्युस गर्दैछन् । यो उनको प्रोडक्सनको छैटौ फिल्म हो ।

सलमानले यसअघि ‘डा. कैबी’, ‘बजरंगी भाइजान’, ‘हीरो’ र ‘ट्युबलाइट’ बनाइसकेका छन् । उनको ‘रेस ३’ को सुटिङ भइरहेको छ ।

को हुन् वरीना ?


वरीनाको पूरा नाम वरीना हुसैन हो । न्युयोर्क फिल्म एकेडेमीबाट वरीनाले पढाइ गरेकी हुन् । उनी क्याडबरी सिल्कको विज्ञापनमा देखिइसकेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री