जर्मनीका दलहरूद्वारा ‘बृहत् गठबन्धन’ बनाउने सम्झौता

जर्मन चान्सलर मर्केल

फ्राङ्कफर्ट, २४ माघ – जर्मनीका तीन वटा राजनीतिक दल ‘बृहत् गठबन्धन’ बनाउने सम्झौतामा पुगेका छन् ।

कडा सौदाबाजी गरेर दलहरू सम्झौता गर्ने अवस्थामा पुगेका स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । क्रिश्चियन डेमोक्रयाट युनियन (सीडीयु), क्रिश्चियन सोसल युनियन (सीएसयू) र जर्मन सोसल डेमोक्रयाटस (एसपीडी) ले मन्त्री परिषद्मा सहभागीता स्पष्ट गरेर सम्झौता गरेका हुन् ।

जर्मन चान्सलर एन्जेला मर्केलको सीडीयुले नयाँ मन्त्रीपरिषद्मा अर्थ र रक्षा मन्त्रालय लिने भएको छ । जर्मन समाचारपत्र विल्डका अनुसार एसपीडीले भने परराष्ट्र, वित्त र श्रम मन्त्रालय पाउने भएको छ । सीएसयुका नेता होर्सट सिहोफेर गृह मन्त्री हुने संभावना रहेको पत्रिकाले लेखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री