मिलन अमात्यले युकेमा रेकर्ड गरिन् ‘कहांको जन्म…’

लन्डन । युकेमा सांगीतिक कार्यक्रममा व्यस्त गायिका मिलन अमात्यले युकेमै नयां गीत रेकर्ड गर्न समय निकालेकी छिन् ।

युकेमै रहेका गायक तथा संगीतकार बिसी राईसित उनले ‘कहांको जन्म कहांको मरन…’ बोलको गीत रेकर्ड गरेकी छिन् । सो गीत यही शनिबार आसफोर्डमा हुने आफ्नो कन्सर्टमा मिलनले गाउने बताइएको छ ।

युकेमा पहिलो गीत रेकर्ड गर्दा खुशी थपिएको गायिका अमात्यले फेसबुक मार्फत बताएकी छिन् ।

केही समयपछि सो गीतको म्यूजिक भिडियो पनि निर्माण गर्ने तयारी भएको छ ।

इ मिडिया हब युकेको आयोजनामा युके आएकी मिलनले अहिलेसम्म तीनवटा कार्यक्रम गरिसकेकी छिन् ।

अमात्यको फेब्रुअरी १० मा आसफोर्ड,  १८ मा उलवीच, ३ मार्चमा अल्डरसट र ५ मार्चमा फ्रान्सको पेरिस लगायत अन्य स्थानहरुमा पनि कार्यक्रम हुने तयारी भएको जानकारी आयोजकले दिएका 
छन् ।

युके बसाई व्यस्त भएको प्रतिक्रिया दिंदै उनले स्कटल्याण्ड र स्वीटजरल्यान्ड भ्रमणको योजना पनि 
बनिरहेको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री