मानव बेचबिखनमा समातिए द्वन्द्व निर्देशक खड्गी

काठमाडौँ, २५ माघ – प्रहरीले कलाकार तथा चलचित्रका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई पक्राउ गरेको छ ।

दक्षिण कोरियामा विभिन्न नाटक, वृत्तचित्र र चलचित्र बनाउने भनी कलाकारका नाममा विभिन्न व्यक्तिलाई पठाई उतै लुक्न लगाउने गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले खड्गीलाई आज ठमेलबाट पक्राउ गरेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

काठमाडौँ जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पाँच दिनका लागि म्याद थप भई खड्गीमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ ।

केही दिनअघि विभिन्न कार्यक्रमका नाममा ११ जना व्यक्तिलाई गैरकानूनीरुपमा दक्षिण कोरिया लगी छोडेको आरोपमा ब्यूरोले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री