बेलायती मन्त्री नेपाल पुगे

मार्क ल्यान्काष्टर

लन्डन । संयुक्त अधिराज्य (यूके) का सशस्त्र बलसम्बन्धी राज्यमन्त्री मार्क ल्यान्काष्टर र उनकी धर्मपत्नी स्वास्थ्य तथा सामाजिक हेरचाहसम्बन्धी राज्यमन्त्री श्रीमती क्यारोलाइन डाइननेग नेपालको साताव्यापी भ्रमणका क्रममा बिहीबार अपराह्न काठमाडौं पुगेका छन् ।

उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल र नेपालका लागि बेलायतका राजदूत रिचर्ड मोरिसले स्वागत गरेका थिए ।

आगामी फागुन २ गतेसम्म हुने भ्रमणका क्रममा उनीहरुले नेपाल सरकारका वरिष्ठ अधिकारीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री