साउथ इष्ट लन्डनको पशुपतिनाथ मन्दिरमा शिवरात्री मनाउने तयारी

लन्डन । साउथ इष्ट लन्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा महाशिवरात्री पर्व मनाइने भएको छ । आगामी १३ फेब्रुअरी २०१८ मंगलबारका दिन विविध कार्यक्रमका साथ मन्दिर परिसरमा शिवरात्री मनाउन लागिएको पण्डित निलहरि घिमिरेले जानकारी दिए ।

पण्डित घिमिरेका अनुसार, बिहान ७ बजेदेखि दर्शन अभिषेक, बिहान ११ बजेदेखि रुद्री पूजा, दिउसो १२.३० देखि भजन कृतन, दिउसो १.३० देखि शिवरात्री सम्बन्धि प्रवचन 
(निलहरि गुरुबाट), दिउसो २ बजेदेखि लाख बत्ती प्रज्वलन र दिउसो ३ बजेसम्म आरती तथा प्रसाद वितरण गरि बिहानको पहिलो चरणको कार्यक्रम समापन गरिनेछ ।

बेलुका ५ बजेदेखि पुनः विशेष भजन कीर्तनका तथा प्रसाद वितरण गरिने जनाउंदै पशुपतिनाथ मन्दिर ब्यवस्थापन समितिले समस्त भक्तजनहरुलाई सपरिवार उपस्थितिका लागि अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री