स्कटल्याण्डमा छायांकन गरिएको ‘पानी परयो’ को भिडियो सार्वजनिक

स्कटल्याण्ड । बेलायतको स्कटल्याण्ड अहिले नेपाली चलचित्र र अन्य गीतको म्यूजिक भिडियो छायांकनका लागि 
लोकप्रिय स्थल बन्दै गएको छ ।

हालैमात्र नेपाली चलचित्र ‘लिलिबिली’ र ‘कृ’ का गीतहरु स्कटल्याण्डमै छायांकन गरिए । यसै क्रममा स्कटल्याण्डमा छायांकन गरिएको लोकगीत ‘पानी परयो’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । म्यूजिक नेपालको युट्यूब च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो ।

सोहन घिमिरेको संगीत रहेको उक्त गीतमा सोहन घिमिरे र पुस्तका खड्काको स्वर तथा नवीन खड्का र सोहन घिमिरेको शब्द छ ।

स्कटल्याण्डको राजधानी एडिनब्रामा छायांकन गरिएको उक्त गीतमा सृष्टि कार्की र सन्तोष गैरेले अभिनय गरेका छन् । मोहन कार्कीको कोरियोग्राफी रहेको उक्त गीतको निर्देशन, छायांकन र सम्पादन दिपेश रेग्मीको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री